जनमत पार्टी सप्तरी क्षेत्र नं. ४ को सम्पर्क कार्यालय चन्हिमा उद्घाटन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चन्द्रु चौधरी १७ माघ लहान।सप्तरी जिल्लाको क्षेत्र नं. ४ अन्तर्गत चन्हिमा जनमत पार्टीको सम्पर्क कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ। उक्त कार्यक्रम जनमत पार्टी बाट निर्वाचित बलान बिहुल गाउपालिकाका अध्यक्ष खेमचन्द यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथी जनमत पार्टी सप्तरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार  जितेन्द्र कुमार यादव , केन्द्रीय सदस्य थनेश्वर साह, महेन्द्र साह ,बालेश्वर यादब, नगर अध्यक्ष सुकदेब प्रसाद साह साथै अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।


उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि जितेन्द्र कुमार यादवले जनमत पार्टी  गरीव जनताको मुद्दा हक र अधिकारका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै संगठन विस्तार र जनसम्पर्क सुदृढ बनाउन सम्पर्क कार्यालय महत्वपूर्ण हुने बताए। उनले पार्टीले मधेस र देशभर सुशासन, विकास र समान अधिकारका लागि निरन्तर संघर्ष गरिरहेको स्पष्ट पारे।


कार्यक्रमका अध्यक्ष खेमचन्द यादवले सम्पर्क कार्यालय स्थापना भएपछि क्षेत्र नं. ४ का कार्यकर्ता तथा आम नागरिकलाई पार्टीसँग जोडिन सहज हुने विश्वास व्यक्त गरे। उनले संगठनलाई गाउँ–टोलसम्म मजबुत बनाउँदै आगामी दिनमा जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता जनाए।


केन्द्रीय नेता थनेश्वर साहले जनमत पार्टी नयाँ सोच र वैकल्पिक राजनीतिक धार बोकेको पार्टी भएको बताउँदै युवाहरूलाई सक्रिय रूपमा राजनीतिमा सहभागी हुन आग्रह गरे। उनले जनताको समस्या समाधान नै पार्टीको मुख्य लक्ष्य भएको बताए।
उद्घाटन कार्यक्रममा स्थानीय नेता, पार्टीका केन्द्रिय सदस्य, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ