निश्चय यात्रा उत्तर प्रदेशमा लन्च हुदै

कपिलवस्तु, बैशाख ३०

भारतको उत्तर प्रदेश राज्यको लखनऊ मा केन्द्रीय कार्यालय रहने गरि निश्चय यात्रा लन्च हुने भएको छ।

भारत उत्तर प्रदेशको प्रमुख शहर लखनऊ, गोरखपुर, बनारस, आयोध्या, गोण्डा लगायत उत्तर प्रदेशको अन्य सहरमा सेवा दिइने संचालक प्रखर श्रीवास्तवले जानकारी दिएका छन्।

हाल सहर हरूमा कारबाट सेवा दिइने तथा केही समयमा बाइकको समेत व्यवस्थापन गरिने छ।

नेपाल लगायत अन्य देशबाट आउने बाह्य पर्यटक तथा आन्तरिक पर्यटकका लागि छिटो छरितो रूपमा गन्तव्य स्थानमा पुर्याउन सजिलो हुने जानकारी गराइएको छ।

भारत नेपाल सिमाको रुपिडिहा, सुनौली, बढ्नी  लगायत ठांउबाट समेत सेवा दिइने आयोजकले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ