नेकापाका कार्यकर्ताहरु द्वारा ३ वर्षै कार्य आ.व.को सुचना माग

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लहान,११ भदौ । लहान नगरपालिका १७ को वडा कार्यालय अहिले सचिव विहिन बनेका छन । सचिव राजकुमार साह आन्तरिक विवादका कारण विना जानकारी साउन २ गते देखि अनुपस्थित रहेको थियो  । नगरपालिकाको आदेश अनुसार भदौ २ गते पुनः वडामा हाजरी हुन आउँदा वडा अध्यक्ष प्रथमलाल चौधरी थारुले हाजरी गराएन । त्यो दिन देखि हालसम्म वडा कार्यालयमा सचिव विहिन रहेको नेपाली कांगेसका जिल्ला कार्य समिति सदस्य त्रिपतलाल यादवले बताए ।


सचिव विहिन भएपछि वडामा हुने कार्य हाल बन्द भएपछि वडाका सेवाग्राहिहरु मार्कामा परेका छन् । अहिले नविकरणको चट्टारो भए पनि सचिव विहिन भएपछि सेवाग्राहिहरु आक्रोस पोखेका छन् । यता नेपाली काग्रेंसका जिल्ला कार्य समिति सदस्य यादवको नेतृत्वमा गएको टोली वाडामा भएका ३ वर्ष अघिसम्मको कार्य प्रगति विवरण सहित अन्य वुन्दामा केन्द्रित रहि अध्यक्ष चौधरीसँग मांग गरेका छन् ।
वडा १७ का नेपाली काँग्रेसका बुथ सभापति हरि नारायण चौधरीका अनुसार वजेट विनियोजन गर्ने बेलामा पनि हामीलाई सोध खोज गर्नुपर्ने धारणा राखेका छन् ।


यी यथावत समस्यालाई १ हप्तासम्ममा समाधान गर्ने वडा अध्यक्ष चौधरीले बताए ।अध्यक्ष चौधरीका अनुसार हामी सकभर कुनै पनि निर्णयमा सबै दलहरुलाई  समेटेरै जाने गरेका छौँ तर कदम कदाचित कुनै नेता वा कार्यकर्ता छुटेको छ भने आगामी दिनमा वहाँलाई समेटेरै जाने बताए ।

सेवाग्राहीको गुनासोपछि वडाध्यक्ष चौधरीले समस्या चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले हाल सचिव नहुँदा परेको असुविधालाई बुझ्दै छिट्टै अस्थायी वा स्थायी सचिवको व्यवस्था गर्ने नगरपालिकासँग पहल भइरहेको जानकारी दिएका छन् । साथै, सेवाग्राहीलाई वडास्तरमै सहज रुपमा सेवा उपलब्ध गराउने गरी आवश्यक व्यवस्था मिलाइने पनि स्पष्ट पारेका छन् ।

स्थानीयले वडाध्यक्षको प्रतिबद्धतालाई स्वागत गर्दै तत्काल कार्यान्वयनमा जोड दिएका छन् । सचिव अभावको समस्या समाधान भएपछि वडाबासीलाई राहत पुग्ने र जनताको विश्वास अझ प्रगाढ हुने अपेक्षा गरिएको छ ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ