साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शम्भु चौधरी, लहान ३० असोज । साना किसान कृषि सहकारी संस्था लि भवानीपुर प्र ध धनगढीमाई न पा १ को १६ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
जिल्ला कृषि सहकारी संघ लहानका अध्यक्ष मागैन कामैतको प्रमुख अतिथिमा सो सभा सम्पन्न भएको हो । प्रमुख अतिथि कामैतका अनुसार सहकारीमा मेहनत र लगनशिलताको आवश्यकता हुन्छ । सहकारी सम्पुर्ण शेयरधनीहरुको साझा सम्पति हो ।

यसमा ऋण लगानी भन्दा पनि असुलि कसरी गर्ने त्यस तर्फ बढी मात्रामा ध्यान दिनु पर्ने बताए । साना किसान सबभन्दा पहिला पडरीयामा खुलेको हो । त्यस पछि जिल्लाको विभिन्न गा वि स हरुमा खुलेको बताए । यो खास गरी किसानहरुको सहकारी भएकोले यसमा किसानको अवस्था र कारोबार हेरी ऋण लगानी गर्नु पर्ने समेत सुझाव दिएका थिए ।


कार्यक्रममा संस्थाकी प्रबन्धक गिता कुमारी चौधरीका अनुसार यस सहकारीमा समुह संख्या १ सय ६८, सदस्य संख्या ८ सय ३७ जस मध्ये ८ सय १३ महिला सदस्य नै रहेको बताए । प्रस्तुत प्रतिवेदन अनुसार यस वर्ष ९५ लाख २२ हजार शेयर रकम र ११ लाख ९४ हजार ५ सय ५६ रुपैया १७ पैसा खुद नाफा भएको बताएकी छिन ।
सभामा लेखा समिति संयोजक सुर्य नारायण महतोले लेखा प्रतिवेदन तथा विमा समिति संयोजक ठकनी कुमारी चौधरीले बिमा प्रतिवेदन प्रस्तुत गरेको थिए ।


कार्यक्रममा धनगढीमाई न पा १ का वडा अध्यक्ष सुर्य नारायण यादव, वडा २ का वडा अध्यक्ष मो हमिद राईन साना किसान लघुवित्त वित्तिय संस्था लहानका शाखा अधिकृत युवराज दहाल तथा विभिन्न साना किसानका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष राम औतार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *