सिरहामा ५ ग्राम बढी ब्राउनसुगर सहित एकजना पक्राउ

२१ गते बैशाख लहान । जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १७ खटोका स्थित मिति २०८२ बैशाख २० गते अ. ८:२० बजेको समयमा अजय होटल ‘तथा मदिरापसल संचालन गरिबस्ने देश भारत जिल्ला मधुबनी कमलाकारी ग्राम पञ्चायत वडा
नं. बस्ने अ. वर्ष ३५ को धरमेनद्र यादवको पसलमा लागुऔषध ब्राउन सुगर छ भन्ने विशेष सुचनाको आधारमा
इलाका प्रहरी कार्यालय माडर सिरहाबाट र स.प्र.बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म माडर सिरहाबाट खटिएको संयुक्त टोलीले निजको पसलमा खानतलासी गर्दा पसलमा खाली बियरको कर्टुन पछाडी लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने बस्तुनाप तौल गर्दा ५ ग्राम ४८० मिलग्राम (प्लाटिक सहित) फेला परेको हुदा उक्त लागुऔषध सहित निज धर्मन्द्र यादवलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ६ (छ) को म्याद थप लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान ‘कार्य भईहेको जिप्रका सिरहाले जनाएको छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ