धनगडिमाइ नगरपालिका वडा नम्बर ८ को कार्यालय भवनको समुदघाटन सम्पन्न ।

१७ गते बैशाख लहान। सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कसहा बजारमा सोमबार एक कार्यक्रम आयोजना गरी नवनिर्मित वडाकार्यालय भवनको समुद्घाटन सम्पन्न भएको छ। 

  यस कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं संघीय सांसद डा. सी.के. राउतको उपस्थिति रहेको थियो। विशेष अतिथि मधेश प्रदेशका मुख्यमन्त्री मा. सतिश कुमार सिंह तथा वन तथा वातावरण मन्त्री मा. त्रिभुवन साह सहभागी भएका थिए।

कार्यक्रम बिहान ११ बजे सुरु भएको थियो भने स्थानीय समुदाय, राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकार, समाजसेवी, तथा नगरवासीको उल्लेख्य उपस्थिति रहेको थियो। समारोहलाई सम्बोधन गर्दै डा. राउतले स्थानीय तहको सुदृढीकरण तथा नागरिकको पहुँचमा सेवा प्रवाह सुनिश्चित गर्न यस्ता पूर्वाधारहरूको निर्माण महत्वपूर्ण भएको बताए। उनले जनताको करबाट निर्माण भएका संरचनाहरूलाई जनहितमा प्रयोग गरिनु पर्नेमा जोड दिए।


मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा सुशासन र विकासलाई अगाडि बढाउन प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै आएको जानकारी दिए। मन्त्री त्रिभुवन साहले वातावरणीय संरक्षणका सन्दर्भमा वडाकार्यालयले भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। कार्यक्रमको अध्यक्षता वडा नं. ८ का अध्यक्ष राम भरोस महतोले गरेका थिए। उनले उपस्थित सबै पाहुनालाई स्वागत गर्दै कार्यालय भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।उक्त वडाकार्यालय भवन स्थानीय तहको सेवा प्रवाहलाई अझ सहज बनाउने विश्वास लिइएको छ। समारोह सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको थियो।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ