इन्द्रेणी पाठशालाले रूख रोपेर मनायो विश्व वातावरण दिवस

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विनोद मण्डल, जेठ २२
विश्व वातावरण दिवस २०८२ को अवसरमा सिराहा जिल्लाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा रहेको इन्द्रेणी पाठशालाले विशेष कार्यक्रमका साथ वातावरण दिवस मनाएको छ । पाठशालाले वातावरण संरक्षणको महत्त्वलाई प्राथमिकता दिँदै विद्यालय परिसरभित्र विभिन्न प्रजातिका बिरुवाहरू रोपेर दिवसलाई अर्थपूर्ण बनाएको हो ।

कार्यक्रम अन्तर्गत विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन र अभिभावकहरूको सक्रिय सहभागितामा विद्यालयको हाताभित्र फलफूल, फूल तथा छायादार रूखहरू रोपिएको छ । वातावरणप्रति बालबालिकामा सकारात्मक सोच विकास गर्ने र प्रकृतिप्रति उत्तरदायी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापकले वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भावी पुस्ताको सुरक्षित भविष्यको आधार भएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीमा प्रकृतिप्रति लगाव बढाउने विश्वास व्यक्त गरे । उहाँले जलवायु परिवर्तनको असर न्यून गर्न स्थानिय स्तरबाट नै सचेत प्रयास आवश्यक रहेको उल्लेख गर्दै प्रत्येक विद्यालय, संस्था र व्यक्तिले आफ्नो ठाउँबाट सुरु गर्नुपर्ने धारणा राख्नुभयो ।

विद्यार्थीहरूले पनि वातावरण दिवसको अवसरमा पोस्टर लगायत अतिरिक्त गतिविधिमा भाग लिई वातावरण संरक्षणसम्बन्धी विचारहरू प्रस्तुत गरेका थिए । उनीहरूले वृक्षारोपणमार्फत वातावरण संरक्षणमा सानो भए पनि ठूलो सन्देश दिने अवसर पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा सहभागी अभिभावकहरू र स्थानीय समाजका व्यक्तिहरूले इन्द्रेणी पाठशालाको यस्तो सकारात्मक पहलको प्रशंसा गरेका थिए । उनीहरूले यसले सम्पूर्ण नगरपालिकाका अन्य शैक्षिक संस्थाहरुलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे ।

इन्द्रेणी पाठशालाले प्रत्येक वर्ष वातावरण दिवस मनाउँदै आएको भए पनि यस वर्ष वृक्षारोपणमार्फत वातावरण संरक्षणमा प्रत्यक्ष योगदान पुर्‍याउन सकेकोमा विद्यालय परिवार उत्साहित रहेको बताइएको छ ।

कार्यक्रम सम्पन्न भएपछि सबै सहभागीहरूलाई विद्यालय प्रशासनले धन्यवाद ज्ञापन गर्दै यस्तो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको थियो ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ