सिरहा र लहान गरी जम्मा ६ जनालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ ।


११ साउन लहान । जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं.१५ बुधौरा स्थित मिति २०८२ साउन १० गते अन्दाजी ७ :० ० बजेको समयमा सशस्त्र प्रहरी बल प्रस्ताबित सिमा सुरक्षा गुल्म माडर सिरहाबाट र इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको निम्न मोटरसाईकलमा सवार निम्न मानिसहरु माथी शंका लागि चेकजाँच गर्दा म.प्र.०१-००४ प ६९६१ नं. को मोटरसाईकल चालक जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १५ बुधौरा बस्ने बर्ष २४ को मुकेश महरा निजको साथबाट खैरोहिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ०.२३ ग्राम फेला परेको साथै म.प्र. ०१-००४ प ९८६२ नं, को मोटरसाईकल चालक सिरहा नगरपालिका वडा नं.१३ फुलबरिया बस्ने बर्ष २० को सतिश यादब।

सोहि मोटरसाईकलको पछाडीमा सवार सिरहा नगरपालिका वडा नं. २० सिकाज्योती बस्ने बर्ष २४ को रमन कुमार यादब निजको साथबाट खैरोहिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ०.४३ ग्राम लागुऔषध फेला परेकोलेको निजहरुलाई पक्राउ गरी मिति २०८२ साउन ११ गते सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ५ को म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको।

जिल्ला सिरहा लहान नगरपालिका वडा नं.वडा नं. ३ अस्पताल चौक स्थित लहान ठाडी सडक खण्डमा इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटीएको प्रहरी टोलीले चेकिङ्ग गर्ने क्रममा निम्न स्थान बस्ने निम्न मानिसहरु माथि शंका लागि रीतपूर्वक खानतलाशी गर्दा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी बर्ष १८ को शयाम बाबु रजकको साथबाट DIAZEPAM-2ml लेखिएको १५ एम्पुल, BUPRENORPHINE-2ml लेखिएको १५ एम्पुल र PHENERGAN-2 ml समेत लेखिएको १५ एम्पुल गरी जम्मा ४५ एमपुल सोही स्थान बस्ने अन्दाजी बर्ष १९ को दिपेश कुमार यादव जिल्ला सिरहा सखूवानन्कारकट्टी गाउँपालिका वडा नं.५ बस्ने अन्दाजी बर्ष १९ को धिरज यादव समेत सित निम्न मात्रामा लागुऔषध फेला परेकोले निजहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई मिति २०८२ साउन ११ गते सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ५ को म्याद लिईं इलाका प्रहरी कार्यालय लहान सिरहाबाट अनुसन्धान कार्य भइरहेको जिप्रका सिरहाले जनाएको छ।

