लहान नगरपालिकाले २०३० सम्म प्रत्येक घरमा शुद्ध खानेपानी पुर्‍याउने योजना सार्वजनिक

१५ साउन लहान— लहान नगरपालिकाले सन् २०३० भित्र सबै घरधुरीमा शुद्ध खानेपानी पुर्‍याउने दीर्घकालीन योजना सार्वजनिक गरेको छ। यो महत्वाकांक्षी परियोजना वाटर एड यूके र एंगलियन वाटरको मुख्य साझेदारीमा सञ्चालित हुँदैछ। हालसम्म खानेपानीको स्थायी पहुँच उनका अनुसार हाल प्राथमिक चरणमा वडा नम्बर १३, १४, १६ र २४ मा पाइपलाइन जडान गरिनेछ भने आगामी वर्षभित्र वडा नम्बर १८, ११, १२ र २० मा योजना विस्तार गरिनेछ। “विकासको मेरुदण्ड भनेकै स्वच्छ पानी र राम्रो सरसफाइ हो,” मेयर चौधरीले भने, “हामीले २०३० सम्म सबै वडामा घर–घरमा पानी पुर्‍याउने प्रतिबद्धता लिएका छौं।”

योजना अन्तर्गत विद्यालय, स्वास्थ्य संस्था, र सार्वजनिक स्थलहरूमा समेत सुरक्षित खानेपानी र शौचालयको सुविधा विस्तार गरिनेछ। दलित र विपन्न समुदायका बस्तीमा विशेष प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ।


नगरप्रमुख महेश चौधरीले भने, “यो योजना लहानको दिगो विकास र स्वास्थ्य सुधारको मेरुदण्ड बन्नेछ।”
परियोजना सम्पन्न भएपछि लहान नगर शुद्ध खानेपानी पहुँचको दृष्टिले प्रदेशकै नमुना नगरपालिका बन्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *