सिरहामा छुट्टाछुट्टै ठाउँबाट लागुऔषध खैरो हिरोइन र गाजा सहित ३ जना पक्राउ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२६ गते असोज लहान । जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.०६ दुर्गा मन्दिर स्थित मिति २०८२ असोज २५ गते अं.२२;५० बजेको समयमा गोलचक्रबाट गुम्बा चोकतिर आउदै गरेकोको प्रदेश २-०१-००१ प. ३०२६ नम्बरको FZ मोटरसाईकललाई इलाका प्रहरी कार्यालय गोलबजारबाट र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त  प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा उक्त मोटरसाईकल माथी शंका लागि चेकजाँच गर्दा

लागुऔषध (खैरो हिरोईन) फेला परेकोले रीतपूर्वक बरामद गरी निम्न स्थान बस्ने निम्न मानिसहरुलाई मोटरसाईकल सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई अनुसन्धान कार्य भईरहेको ।
पक्राउ परेको व्यक्तिहरुः-
१) मोटरसाईकल चालक जिल्ला सिरहा गोलबजार नगरपालिका वडा न. ०७ पुरानो चोहर्वा बस्ने बर्ष २९ को सुनिल साह


२)सोही मोटरसाईकलको पछाडी सवार जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. ७ फुलकाहाकट्टी बस्ने बर्ष २४ को बिष्णुदेव यादव
बरामद भएकोः-
३)खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा १७ ग्राम ५४० मिली ग्राम, प्लाष्टिक बाहेक तौल गर्दा १५ ग्राम ।
४)प्रदेश २-०१-००१ प. ३०२६ नम्बरको FZ मोटरसाईकल ।

                     त्यस्तै इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी गस्ती टोलीले गोप्य सूचनाको आधारमा मिति २०८२ असोज २५ गते अं.९ ;०० बजेको समय जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं.१७ पटेर्वा गाउँ देखि अं.३०० मिटर दक्षिण धान खेतको बाटो हुँदै नेपालबाट भारततर्फ टाउकोमा लागुऔषध (गाँजा) बोकी लैजाँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखन साथ  मानिसहरु लागुऔषध (गाँजा) तौल प्लाष्टिक सहित ६४.९ किलो ग्राम फाली फरार भएकोमा,  सो मानिसहरु मध्येका देश भारत राज्य बिहार जिल्ला मधुबनी थाना जयनगर बेलही ग्राम पन्चायत वडा नं.०६ बेला बस्ने बर्ष ५५ को श्रीचन मण्डललाई भाग्दै गरेको अबस्थामा पक्राउ गरी  लागुऔषध(गाजाँ)  सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहमा ल्याई अनुसन्धान कार्य भईरहेको तथा फरार भएका अन्य मानिसहरुको खोजतलाश कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *