सिरहाको दुई स्थानबाट लागुऔषध सहित चारजना पक्राउ ।


२८ गते कार्तिक लहान।जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं.१ स्थितमा लागुऔषध बिक्री वितरण भईरहेको छ, भन्ने गोप्य सूचनाको आधारमा मिति २०८२ कार्तिक २६ गते अं ६:० ० बजेको समयमा
लागुऔषध नियन्त्रण व्युरो गोलबजार सिरहाबाट, जिल्ला प्रहरी कार्यालय सिरहाबाट र वडा प्रहरी कार्यलाय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोली उक्त स्थानमा पुगी हेर्दा बाटो छेउमा रोकी राखेको स ११ च ५४८५ नं.को मोटरसाईकलमा सवार मोटरसाईकल चालक जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं.१७ पटेर्वा बस्ने अं. बर्ष २५ को राम जिवन यादव र मोटरसाईकलको पछाडी सवार सोही स्थान बस्ने अं. बर्ष २७ को दिपक कुमार यादव समेतलाई चेकजाँच गर्दा निज राम जिवन यादवको साथबाट ब्राउन सुगर जस्तो देखने गिलो पदार्थ प्लाष्टिक सहित तौल गर्दा २४ ग्राम ८२० मिलि ग्राम फेला परेकोले रीतपूर्वक बरामद गरिएको र निजहरुको साथबाट मोबाईल २ थान समेत फेला पारी बरामद गरी मोटरसाईकल सहित निजहरु लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहाबाट अनुसन्धान कार्य भईरहेको ।

जिल्ला सिरहा नवराजपुर गाउँपालिका वडा नं.५ स्थित मिति २०८२ कार्तिक २६गते अं. ३;२० बजेको समयमा कुसण्डीबाट जगतपुर जाने बाटोमा इलाका प्रहरी कार्यालय झाझपट्टी सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको स १० प ५३२६ नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला सिरहा नवराजपुर गाउँपालिका वडा नं. १ बस्ने अं बर्ष २० को ऋषि कुमार यादवको साथबाट लागुऔषध डाईजोपाम ए्म्पुल थान ५ प्रोमेथाजाईन एम्पुल ५, ब्रुफेनफाईन एम्पुल ५ फेला परेको र सोही मोटरसाईकलको पछाडी सवार जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं.५ बस्ने अं. बर्ष १८ को देबे्न्द्र कुमार यादवको साथबाट डाईजोपाम एम्पुल थान १ र सिरिन्ज थान १ फेला परेकोले बरामद गरी निज दुवै जनालाईं पक्राउ गरी इलाका प्रहरी कार्यलाय महेशपुर पतार सिरहाबाट अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ।

