सिरहा लाहान -१ मटियर्वाका ब्राउनसुगर सहित एकजना पक्राउ ।

४ मंसिर लहाम। इलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट खटिएको प्रहरी टोलिले कर्जन्हा नगरपालिका ‘वडा नं.०३ बन्दिपुर चेक पोष्टमा मिति २०८२ मंसिर ०४ गते चेकजाँच गर्ने क्रममा बा.प्र०३-००१ख २६५४ नं को काकरभिट्टा देखि काठमाण्डाँ चल्ने महादेव नामको या्त्रुबाहक बसमा सवार जिल्ला सिरहा लाहान नगरपालिका वडा नं. ०१ लहान मटेयर्वा टोल बस्ने अं. बर्ष २२ को अमित यादवले बोकेको कलेज पढने ब्याग चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाप्टिक सहित तौल गदां २१.२९ ग्राम र प्लाष्टिक बाहेक १५.६० ग्राम फेला परेकोले कानुन बमोजिम बरामद गरी निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिएको छ।

