सिरहाको लहानबाट खैरोहिरोईन सहित एकजना पक्राउ ।

१७ मंसिर लहान।प्रहरी चौकी लहान, सिरहाका प्रहरी सहायक निरीक्षक उपेन्द्र यादबको कमान्डमा खटिएको प्रहरी गस्ति टोलीले गस्ती गरदै जाने क्रममा मिति २०८२ मंसिर १५ गते अं.१०.४० बजेको समयमा जिल्ला सिरहा लहान ‘नगरपालिका वडा नं.०६ स्थितमा स ५ प ५३५७ नम्बरको स्कुटर रोकी राखेको अवस्थामा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ११ पडरीया टोल बस्ने अं. बर्ष २४ को आकाश चौधरीलाई शंका लागि निजलाई कानुन बमोजिम खानतलासी गर्दा निजले लगाएको पाइन्टको दाहिने खल्तीबाट किप्याड मोवाईल थान १ र निजले लगाएको पाइन्टको बायाँ खल्तीबाट २ वटा स-साना कालो प्लाष्टिकको पोकामा रहेको खैरो हिरोईन जस्तो देखिने पदार्थ दुवै पोकाहरु तौल गर्दा प्लाष्टिक सहित .२८ मिलिग्राम र प्लाष्टिक बाहेक ०.३२ मिलिग्राम फेला परेकोले रीतपर्वक बरामद गरी निजलाई स्कुटर सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय लहान सिरहाबाट अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *