बीश्वसनीय पत्रकारिताका लागि सूचनाको हक सम्बन्धी कानुनको उपयोगिता विषयक दुईदिने गोष्ठी सम्पन्न ।

१३ गते मन्सिर लहान। मिडिया काउन्सिल मधेस प्रदेशको आयोजनामा र राष्ट्रिय सुचना आयोग काठमाण्डौको सम्नव्यमा बीश्वसनीय, उत्तरदायी र तथ्यपरक पत्रकारितालाई प्रवर्द्धन गर्ने उद्देश्यले “बीश्वसनीय पत्रकारिताका लागि सूचनाको हक सम्बन्धी कानुनको उपयोगिता” विषयक दुईदिने गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।

गोष्ठी मिडिया काउन्सिल मधेस प्रदेश कावा अध्यक्ष सुरेश कुमारको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा प्रमुख अतिथी मधेस प्रदेश अर्थ मन्त्री महेश प्रसाद यादब,विशिष्ट अतिथि आमसञ्चार प्राधिकरण अध्यक्ष जितेन्द्र खडका,राष्ट्रिय सुचना आयोगका प्रमुख डा.सुरेश कुमार आचार्य ,रा.सु.आयोगका सचिव ,ने प.मा. मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा लगायत आठ वटा जिल्लाका पत्रकार, सुचनाको हक सम्बन्धि कार्यालयका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गोष्ठीमा सूचनाको हक ऐन, २०६४ को कानुनी व्यवस्था, सूचना माग्ने प्रक्रिया, सार्वजनिक निकायको दायित्व तथा सूचना नपाएमा अपनाउन सकिने कानुनी उपायबारे विस्तृत छलफल गरियो। वक्ताहरूले पत्रकारितामा तथ्यको पुष्टि, स्रोतको विश्वसनीयता र सार्वजनिक हितका विषयमा सूचना प्राप्त गर्न सूचनाको हक कानुन अत्यन्त प्रभावकारी औजार भएको बताए।

कार्यक्रममा गलत सूचना र अफवाहको बढ्दो प्रभावलाई न्यूनिकरण गर्न सूचनाको हक प्रयोग गरी आधिकारिक तथ्य संकलन गर्नुपर्नेमा जोड दिइयो। साथै, स्थानीय तहदेखि संघीय निकायसम्म सूचना प्रवाहमा देखिएका चुनौती र समाधानका उपायबारे अनुभव आदान–प्रदान गरियो।

गोष्ठीको समापन सत्रमा सहभागीहरूले सूचनाको हकको प्रभावकारी प्रयोगबाट पत्रकारिताको विश्वसनीयता बढ्ने र लोकतन्त्र सुदृढ हुने निष्कर्ष निकाले। आयोजक संस्थाले यस्ता गोष्ठीले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै उत्तरदायी पत्रकारिता विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
