लहान–२३ मा १०५ गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज वितरण

२२ पुष लहान।  लहान नगरपालिकाको तर्फबाट मेयर महेश चौधरी र वडा नं. २३ का अध्यक्ष बद्री यादवले संयुक्त रूपमा १०५ जना गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज हस्तान्तरण गरेका हुन्। वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

पोषण प्याकेजमा चामल, दाल, नुन, तेल, चना लगायतका आवश्यक खाद्यान्न सामग्री समावेश गरिएको छ। गर्भावस्था तथा सुत्केरी अवस्थाका महिलालाई आवश्यक पोषण सुनिश्चित गर्ने उद्देश्यले प्याकेज तयार गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार हालसम्म २ हजारभन्दा बढी महिलाले यो पोषण प्याकेज सहयोग पाइसकेका छन्। पोषण प्याकेज वितरण सुरु भएपछि स्वास्थ्य चौकीमा नियमित जाँच गराउन आउने महिलाको संख्या उल्लेख्य रूपमा बढेको छ। यसले मातृ तथा शिशु स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पारेको स्थानीयको भनाइ छ।

मेयर महेश चौधरीले मानवीय सेवामा निरन्तरता नै सङ्गीता कर्मचारीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए। उनले भने, “समाजका कमजोर वर्गलाई सहयोग गर्नु नै हाम्रो दायित्व हो। यो कार्यक्रम निरन्तर चलिरहनेछ।”

स्थानीयवासीहरूले नगरपालिकाको यो पहलले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका छन्। गर्भवती तथा सुत्केरी महिलाका लागि लक्षित यो कार्यक्रमले लहान नगरपालिकामा स्वास्थ्य सचेतना र मानवीय सेवाको संस्कृतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *