सिरहाको जिरोमाइलबाट ४० ग्राम लागुऔषध खैरोहिरोइन सहित दुइजना पक्राउ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

३० पुस लहान । जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं.१० जिरोमाईल चौक स्थितमा मिति २०८२ पुस २९ गते अं. ९:१५ बजेको समयमा इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट र लागुऔषध नियनत्रण ब्युरो सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले बरियारपट्टिबाट जिरोमाईलतर्फ आउदै गरेको प्रदेश -१-०२-०४ प ३५३७ नं. को मोटरसाईकललाई शंका लागि रोकी चेकजाॉच गर्दा मोटरसाईकलको ट्याङ्कीको कभरमा लुकाइ छिपाई राखिएको खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा  ४०.५५ ग्राम प्लाष्टिक बाहेक तौल गर्दा ३८ ग्राम फेला परेकोले रीतपर्वक बरामद गरी सो मोटरसाईकलमा सवार निम्न स्थान बस्ने मोटरसाईकल चालक गोलबजार नगरपालिका वडा नं.३ बस्ने अं. वर्ष २५ को अभिशेक साह  सोही मोटरसाईकलको पछाडी सवार जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नं. ९ टारी बस्ने अं. वर्षं ३२ को एलेक्स आले समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रमेश बहादुर पालले जानकारी दिएको हो।

मधेस प्रदेशको सिरहा जिल्लामा


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ