कृषि तथा पशुपन्छी सेब केन्द्र भवनको उद्घाटन तथा हस्तान्तरण समारोह सम्पन्न।

सप्तरी प्रमोद थारु माघ ४ आइतबार । सप्तरीको सुरुङा नगरपालिका वडा ६ अन्तरगत कडरबोनामा रहेका कृषि तथा पशु सेबा केन्द्रको उद्घाटन तथा भवन हस्तान्तरण कार्य सप्पन्न भएको छ।

सुरुङा नगरपालिकाका प्रमुख गिता चौधरीको अध्यक्षतामा भएको उद्घाटन तथा भवन हस्तान्तरण कार्यक्रममा नेपाल सरकारको कृषि तथा पशुपन्छी बिकाश मन्त्री माननिय डा. मदन प्रसाद परियार ज्युले गर्नु भएको छ।
आयोजना निर्देशक डा. चन्द्र प्रासाद रिजाल ज्युको बिशिस्ट आतिथ्यमा भएको उक्त उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सुरुङा नगर उपप्रमुख रुद्र बहादुर कार्की,सुरुङा न.पा का प्रमुख प्रसास्किय अधिकृत बिकाश सुन्दास,आर्थिक कोरिडोर कार्यालय बर्दिबासका प्रमुख राजेश साह, कृषि निर्देशालयका परबानीपुरका प्रमुख बिशेश्वर प्रसाद यादब, कृषि तथा पशुपन्छी मन्त्रीका धर्मपत्नी कल्पना बदैबा, वडा ६ का अध्यक्ष दिनेश राम, ७ का वडा अध्यक्ष शिव नारायण चौधरी, ८ का वडा अध्यक्ष श्याम साह, ११ का वडा अध्यक्ष रामकुमार चौधरी, समाज सेबि तथा पुर्ब वडा अध्यक्ष इन्द्र देब चौधरी, सबल नेपाल सप्तरीका प्रमुख राधेश्याम राम, युवा नेता दिनेश चौधरी,समजसेबि मो.नाजिर,मो.मुर्तुजा,मो गफुर मिया,इलाका प्रहरी कार्यालय कडरबोनाको प्रमुख गजेन्द्र रायमाझी लगायतका १५० जना अतिथीहरुको उपस्थिति रहेको थियो


नब निर्मित यस कृषि तथा पशुपन्छी सेब केन्द्र भवनको संघीय कृषि तथा पशुपन्छी मन्त्री माननिय डा.मदन प्रसाद परियार ज्यु तथा आयोजना निर्देशक डा. चन्द्र प्रसाद रिजाल ज्युबाट सुरुङा नगरपालिका प्रमुख गिता चौधरी ज्युलाई हस्तान्तरण गरि सन्युक्त उद्घाटन सु-सप्पन्न भयो।


आजबाट पुर्णरुपमा कृषि तथा पशुपन्छी सेबा केन्द्रको सुरुभएको कृषि सेबाकेन्द्र प्रमुख रोशन कुमरी चौधरीले जानकारी गरौनु भयो।उक्त कार्यक्रमको सन्चालन पुर्ब शिक्षक सुभ नरायण चौधरीले गर्नु भएको थियो।
