चितवन राइनोले १७.१ ओभर मै जित निकाले

तराई फिलिक्स मन्सिर १७

 चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी शुरुवात गरेको छ । चितवनले सोमबार काठमाडौं गुर्खाजलाई पाँच विकेटले हाराएको छ । ११२ रनको सामन्य लक्ष्य चितवनले १७.१ ओभरमा ११४ रन बनाउदै पुरा गर्‍यो ।

सन्तोष कार्की र शरद भेषावकरले छैटौं विकेटमा ४३ रनको अविजित साझेदारी गर्दै चितवनलाई जिताए । सन्तोषले खेलकै सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेली २ चौका र १ छक्का तथा शरदले २१ बलमा ११ रन बनाए । चितवनबाट हसन एसाखिल १२, दीपक बोहरा ७, कप्तान कुशल मल्ल र रवि बोपारा समान ११ रनमा आउट भएका थिए । लुक बेनकेन्स्टेनले १७ बल खेली १ चौका र २ छक्कासहित २२ रन बनाए ।

गुर्खाजका शाहव आलमले ३ विकेट लिए । उनले ४ ओभरमा २० रन खर्चे । जेहराड इरसमस र ड्यान डाउथवेटले १–१ विकेट लिए । यसअघि तान्भिरको ५ विकेटपछि टस होरेर ब्याटिङमा आएको गुर्खाजले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ विकेट गुमाई १११ रन मात्र बनाउन सकेको थियो ।

पाकिस्तानी देव्रेहाते तीब्र बलर तान्भिरले आफ्नो पहिलो ३ ओभरको स्पेलमा स्टेफन इस्किनाजी, माइकल लेभिट र भिम सार्कीलाई आउट गरि गुर्खाजलाई दबाबमा राखेका थिए । उनले आफ्नो चौथो ओभरमा गुर्खाजका कप्तान करण केसी र शाहवलाई समान १ रनमा आउट गरेका थिए । तान्भिरले ४ ओभरमा २१ रनमात्र खर्चेर ५ विकेट लिएका हुन् ।

गुर्खाजको सुरुआत राम्रो थिएन । इंग्लिस ओपनर इस्किनाजी २ रनमै आउट भए । अर्का ओपनर लेभिटले ४ चौका र १ छक्कासहित २५ रन बनाए । कुशलले इरसमसलाई ४ रनमा बोल्ड गरे । भिम १ रनमात्र बनाई तान्भिरको बलमा एलबीडब्लु आउट भए ।

शंकर रानाले १७ बल खेली समान १ चौका र छक्का प्रहार गरि १६ रन बनाए । रशिद खानले पनि ४ रनमात्र बनाउन सके । सुमित महर्जनले गुर्खाजबाट सर्वाधिक २९ रन बनाए । ४१ बल खेली १ चौका प्रहार गरेका उनी १८ औं ओभरमा आउट भए ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *