तराईको मधेस प्रदेशको विभिन्न ठाउमा जुडसितल मनाउदै

२ गते बैशाख लहान। मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट आशीर्वाद स्वरुप आफुभन्दा ठुलाले टाउकोमा पानी दिदै साना हरुले आफुभन्दा ठुलालाइ पानी खुट्टामा ढोगेर दिदै ।

वैशाख १ गते सङ्क्रान्तिसँगै सुरु हुने दुईदिने जुडशीतल पर्वमा शीतलताको प्रतीकस्वरुप मान्यजन बाट शिरमा जलसेचन लिने पुरानो परम्परा हो । यसअघि वैशाख सङ्क्रान्तिका दिन जुडशीतल पर्वको पहिलो दिन मैथिलले ‘सतुवाइन’ विधि मङ्गलबार नै सम्पन्न गरिसकेका छन् ।


पर्वको दोसो दिन आज बढ्दो गर्मीको रापबीच जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइन्छ । विक्रम संवत् परम्पराको नयाँ वर्ष सुरु भएको अवसरमा पहिलो दिन ‘सतुवाइन’ विधिबाट सुरु हुने यो पर्वमा दोस्रो दिन घरपरिवारका श्रेष्ठजनले आफु भन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन् ।

​थारू समुदायले यसलाई ‘सिरुवा पर्व’ का रूपमा मनाउने गर्छन् । कृषि प्रधान क्षेत्र भएकाले यो पर्वमा कृषि उपजको प्रयोग बढी हुन्छ । मिथिला क्षेत्रमा यसलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ, जहाँ धुलो र हिलो खेल्ने परम्पराले कृषिसँगको मानव सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । ​ ​पर्वको पहिलो दिन (वैशाख १ गते) लाई ‘सतुवाइन’ भनिन्छ । उक्त दिन सात प्रकारका खाद्यान्न (चना, जौ, मकै, चामल, मुँग आदि) मिसाएर बनाइएको सातु र सखरको सर्वत कुलदेवतालाई चढाइन्छ र दान गरिन्छ । ​ ​

Leave a Reply

Your email address will not be published. Required fields are marked *