बालबालिका र बाल अधिकारको लागि नागरिक समाज सन्जालको सुझाव पत्र हस्तान्तरण ।

२९ गते । जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेशस्तरीय बालक्लब सञ्जाल (CC Network), सप्तरी जिल्ला बाल क्लब सञ्जाल र बाल अधिकारका लागि नागरिक समाज संस्था सञ्जाल (CNCR) द्वारा तयार गरिएको सुझाव–पत्र माननीय डा. शीला मिश्रसमक्ष हस्तान्तरण गरिएको छ। उक्त सुझाव–पत्र सेभ द चिल्ड्रेनको सहयोग तथा बालबालिकाको प्रत्यक्ष सहभागितामा तयार गरिएको हो।

सुझाव–पत्रमा स्वास्थ्य तथा पोषण सेवामा पहुँच, बालश्रम, बालविवाह, हिंसा तथा साइबर जोखिम, गुणस्तरीय शिक्षाको अभाव, नीति निर्माणमा बालबालिकाको अर्थपूर्ण सहभागिता, तथा वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका असरजस्ता विषयहरूलाई प्राथमिकतामा राखिएको छ।

बालअधिकारको सुनिश्चितता र समावेशी विकासका लागि यस्ता सवालहरूलाई आगामी आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रममा प्रभावकारी रूपमा समावेश गर्नु आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *