सिरहामा लागुऔषध ब्राउनसुगर सहित ३ जना मानिस पक्राउ।

२६ चैत लहान । जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १५ बुधौरा स्थित मिति २०८२ चैत २४ गते अं. ७:०० बजेको समयमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी गस्ति टोलिले गस्ति गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१-००४ प २६८८ नं.को मोटरसाईकललाई शंका लागि रोकी चेकजाँच गर्ने गर्दा
मोटरसाईकलको ट्याङ्कीको ढकन भित्र कालो प्लष्टिकको ३ वटा  पोकामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ( प्लाष्टिक सहित ४ ग्राम ६० मिलिग्राम र प्लाष्टिक बाहेक २ ग्राम ५०० मिलिग्राम फेला परेकोले रीत पुर्वक बरामद गरी उक्त मोटरसाईकलमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरू गर्दा जिल्ला सिरहा धनगढिमाई नगरपालिका वडा नं. ३ बस्ने अं. बर्ष अं. १९ को अभिषेक मुखिया ,जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. १२ बस्ने अं. बर्ष १९ को अभिषेक मुखिया र ऐऐ बस्ने अं.२१ को अरबिन सिंह समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिहरामा ल्याई मिति २०८२ चैत २५ गते सम्मानित सिरहा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भई रहेको जिप्रका सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *