थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान

शम्भु चौधरी,लहान १७ कार्तिक । थारु काल्याणकारीणी सभा सिरहाद्धरा गाउँगाउँ टोलटोलमा जागरण अभियान शुरु गरिएको छ । सो अभियान कार्यक्रम शनिावर लहान न पा २२ को सिसवनी गाउँमा सम्पन्न भएको छ ।
थारु समुदाय भित्र रहेको विभिन्न प्रकारका विकृति र विसंगतीलाई पहिचान गरी न्युकिरण गर्ने उद्धेश्यले सो अभियान सेचालन गरिएको थारु कल्याणकारीणी सभा सिरहाका सचिव दशमीलाल चौधरीले बताए ।
धर्तीपुत्रको रुपमा नेपाल अधिराज्य भरी छरीएर रहेको थारुहरुको आफनै भाष,आफनै भेषभुसा,आफनै पहिचान,आफनै कला संस्कृति रहेको छ ।


जागरण अभियानका प्रमुख अतिथि थारु कल्याणकारीणी सभाका केन्द्रिय सदस्य विरेन्द्र कुमार चौधरीको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथि चौधरीका अनुसार अहिले थारुहरु विभिन्न पक्षमा च्यपिएका छन । समाजिक पक्ष, आर्थिक पक्ष तथा राजनिति पक्ष । नेपाल सरकारद्धरा थारुहरुलाई अधिकार दिन चाहे पनि देशका उथल पुथल राजनितिका कारण अहिलेसम्म अभिकार पाई नसकेको अवस्था रहेको बताए ।


थारु कल्याण्काणकारीणी सभा सिरहा जिल्ला सभापति सत्यनारायण चौधरीका अनुसार हामी थारुहरु सबभन्दा पहिले शिक्षामा सबल हुनु पर्नेमा जोड दिएका थिए । शिक्षा हासिल गरेकोमा हामी राजनित क्षेत्रमा पाईला टेक्न सकिन्छ । अहिलेको परिवेशमा हरेक ठाउँमा राजनितिको बहुवलि रहेको बताए ।

अतिथीहरुमा थारू महिला सभा केन्द्रिय अध्यक्ष भगवती चौधरी, थारू कल्याणकारी सभाका पुर्व अध्यक्ष अजय कुमार चौधरी, लहान नगरपालिका २२ का वडा अध्यक्ष श्याम कुमार अधिकारी थारू, आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका उपाध्यक्ष प्रिया सिह थारू, थारू कल्याणकारी सभा धनगढीमाई नगर अध्यक्ष शम्भु प्रसाद चौधरीले आफनो मन्तव्य राखेका थिए ।
थारू कल्याणकारी सभा लहान २२ का कार्यसमिति सभापति राम पुजन चौधरीको अध्यक्षता जागरण अभियान सम्पन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *