प्रियंका यादवमाथि ससुराली पक्षले चरम  दुर्व्यवहार गरिएको घटना सार्वजनिक ।

लहान वैशाख ०४ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका –१०, थलहा गाउँमा एक युवतीमाथि विगत ७ महिना देखि खान–पानी र बस्नबाट वञ्चित गर्दै छोरी प्रियंका यादवमाथि ससुराली पक्षले चरम  दुर्व्यवहार भएको घटना सार्वजनिक ।

स्थानीय तारा चन्द्र यादवले आफ्नी छोरी प्रियंका यादवमाथि ससुराली पक्षले चरम  दुर्व्यवहार भएको बताएका छन्।परिवारका अनुसार करिब ७ महिना अघि प्रियंका यादव र सोही गाउँका नागेन्द्र यादवबीच गाउँलेहरूको उपस्थितिमा विवाह गराइएको थियो। तर उक्त विवाहलाई  लिएर अहिले ठूलो विवाद उत्पन्न भएको छ। नागेन्द्र यादवले उक्त विवाह आफूलाई स्वीकार्य नभएको स्पष्ट पार्दै यसलाई “जबरजस्ती गराइएको” बताएका छन्।


तराई फिलिक्स अनलाइन मिडियासँग भिडियो संवाद गर्दै नागेन्द्र यादवले आफू पेशाले स्वास्थ्यकर्मी रहेको र घटनाको दिन घर नजिकैको अर्को गाउँमा बाख्रालाई औषधि दिन गएको बेला गाउँलेहरूले जबरजस्ती बोलाएर विवाह गराएको दाबी गरे। “म त्यो विवाहलाई न कानुनी रूपमा मान्छु, न सामाजिक रूपमा। प्रियंकासँग मेरो कुनै सम्बन्ध थिएन र अहिले पनि छैन,” उनले स्पष्ट पारे। नागेन्द्रका परिवारले पनि आफूमाथि लगाइएका आरोपहरू सबै झुठा हुन् ।

उनका दाजुले नयाँ वर्षको अवसरमा घर सरसफाइ गर्ने क्रममा काम नलाग्ने सामान मात्र फालेको बताएका छन्। “हामीले फोहोर मात्र फालेका हौं, कसैको कपडा जलाइएको भन्ने आरोप सरासर झुठो हो,” उनले भने।

यस्तै, नागेन्द्रका बुवा बमभोल यादवले यो विषयलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन्। “हामीलाई योजनाबद्ध रूपमा फसाउने प्रयास भइरहेको छ, यो व्यक्तिगत होइन, राजनीतिक विषय हो, हामी केही घर यता यादवको छ तिनी हरुले हामिलाइ समाजबाट निकाली सकेको छ र हामी माथी दबाव डाल्दै छन् ” उनले जिकिर गरे।

तर पीडित युवती प्रियंका यादवको भनाइ भने निकै पीडादायी छ। उनका अनुसार विवाहपछि आफू ससुराली घरमा बस्दै आएकी भए पनि उनलाई न त दिनमा  खान–पानी दिइन्छ, न त राती खन्छ दिन्छ सबै मेरो माइती बाट ग्यास चुहो भाडाकुडा चामल दाल इत्यादी कुरा सबै बुवाले ल्याइदिनुहुन्छ  “म यहाँ आएको ७ महिना भयो। अहिले त लगाउने कपडा समेत छैन,” उनले गुनासो गरिन्। प्रियंकाले आफ्नो केही कपडा समेत जलाईएको दाबी गर्दै ती कपडा आफ्नै बुवाले दिएको बताएकी छन्,उनले भनिन्। कठिन अवस्थाका बाबजुद पनि उनी अझै आफ्नो श्रीमान फर्कने आशामा सोही घरमा बसिरहेको बताउँछिन्।

यो घटनाले थलहा गाउँमा सामाजिक तनाव बढाएको छ भने मानवअधिकार उल्लंघनको गम्भीर प्रश्न उठाएको छ। स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई तत्काल राहत तथा सुरक्षा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *