फेरि दोर्हिए थारु महिला सभामा पुन: भगवती चौधरी

लहान १ बैशाख । थारु कल्याणकारिणी सभाको भातृ संगठन थारु महिला सभामा पुनः सिरहाकी भगवती चौधरी केन्द्रिय अध्यक्ष बन्न सफ भएकी छिन ।

केन्द्रको चौथो राष्ट्रिय महाधिवेशन २०८२ चैत २८ र २९ गते लहान १५ ढोढना स्थित राजदेविपंचावति मंदिरको प्रंगनमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारीणी सभाका केन्द्रिय अध्यक्ष प्रेमीलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथि चौधरीका अनुसार यस थारु जातीको आफनै कला संस्कृति भेषभुषा र पहिचान छन । सभाले थारु जातीको उत्थान तथा शैक्षिक क्षेत्रलाई अझ बलियो बनाउने तर्फ लागी परेको बताए । वहाँले थप्दै भने नेपाल सरकार संग थारु आरक्षणका कोटा सुरक्षित गर्नमा थारु कल्याणकारीणी सभाको धेरै महत्वपुर्ण भुमिका रहेको बताए ।


“आफ्नो हक–अधिकारबारे जानकारी लिनु र अरूलाई पनि बुझाउनु जरुरी छ। कानुनी अधिकार प्रयोग गर्दै राज्यका निकायमा आवाज उठाउनुपर्छ। संगठित भएर शान्तिपूर्ण आन्दोलन, छलफल र संवादमार्फत आफ्नो माग राख्न सकिन्छ। सरकारले बनाएका नीति तथा कार्यक्रमको सही कार्यान्वयनका लागि निगरानी गर्नुपर्छ। साथै, भेदभाव विरुद्ध एकजुट भएर लड्नुपर्छ। समानता प्राप्त गर्न धैर्य, एकता र निरन्तर प्रयास सबैभन्दा महत्वपूर्ण हुन्छ, थारु संघ सिरहा अजय चौधरीले भने” ।


थाकस जिल्ला अध्यक्ष सत्यनारायण चौधरीले भने “थारु महिलाको अधिकार सुनिश्चित गर्न शिक्षा र चेतना विस्तार अत्यन्त आवश्यक छ। महिलालाई आफ्ना हक–अधिकारबारे जानकारी गराई आत्मनिर्भर बनाउनु पर्छ। स्वास्थ्य, रोजगारी र निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित गर्न पहल गर्नुपर्छ। घरेलु हिंसा, भेदभाव र शोषण विरुद्ध कानुनी उपाय अपनाएर आवाज उठाउनुपर्छ। महिला समूह तथा सहकारीमार्फत एकता बलियो बनाउन सकिन्छ। स्थानीय तहमा नेतृत्व अवसर बढाउँदै महिलालाई सशक्त बनाउन जरुरी छ। यसरी निरन्तर प्रयास, एकता र सचेतनाबाट थारु महिलाको अधिकार सुरक्षित र स्थापित गर्न सकिन्छ” ।


थारु महिला सभाको केन्द्रीय उपाध्यक्षमा प्रेम कुमारी चौधरी थारु रुपन्देही दोस्रो उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी चितवन, महासचिवमा मिना चौधरी सप्तरी, सचिवमा लिलम कुमारी चौधरी काठमाडौं, कोषाध्यक्षमा निरा कुमारी चौधरी, सर्लाही र सदस्यहरुमा क्रमशः रेखा कुमारी माझी मोरङ, पुनम थारु रुपन्देही, जानकी चौधरी चितवन, सुनिता कुमारी सिंह सर्लाही, गीता कुमारी महतो नवलपुर, सविता चौधरी उदयपुर, फुल कुमारी चौधरी झापा, माया कुमारी चौधरी कैलाली, सुधा कुमारी चौधरी सिरहा र सरिता कुमारी चौधरी उदयपुर रहेको छ ।
अब थारु महिलाहरुको सर्वांगिक विकासको लागी यस सभाले बेला बखतका विभिन्न किसिमको कार्यक्रम गरी अधिकारको लागी समेत पहल गर्ने केन्द्रिय अध्यक्ष भगवती र्चौधरीले बताईन ।
