लहान नगरपालिकाका कर्मचारीद्वारा ईलाका प्रसाशनमा बुझाए ज्ञापनपत्र

लहान, चैत १२ । लहान नगरपालिकामा कार्यरत कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको भन्दै सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका छन्। श्री ईलाका प्रशासन कार्यालय लहान, सिरहा मार्फत जिल्ला प्रशासन कार्यालय सिरहा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंलाई सम्बोधन गर्दै कर्मचारीहरूले तत्काल तलब भुक्तानीको व्यवस्था गर्न माग गरेका हुन्।

ज्ञापनपत्रमा उल्लेख गरिए अनुसार लहान नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय तथा मातहतका विभिन्न कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको आर्थिक अवस्था मध्यम वर्गीय रहेको छ। उनीहरू आफ्नो परिवारको मुख्य जिम्मेवार सदस्यको रूपमा कार्यालयमा काम गरेवापत पाउने पारिश्रमिकमै आश्रित छन्। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनात्मक आदेशका कारण नगरपालिकाका सम्पूर्ण खाताहरू रोक्का हुँदा विगत २०८२ साल माघ महिनादेखि कर्मचारीहरूले तलब पारिश्रमिक पाउन सकेका छैनन्।


विगत केही दिन आगावै सम्पन्न होली पर्वं, हालै सम्पन्न चैती छठ लगायतको पर्वहरुमा समेत वजारवाट उधारो कारोवार गरी मनाईएको र अब आउने नव वर्ष २०८३ एवम् सो को भोली पल्ट तराईमा हामीहरुले मनाउने सिरुवा पर्वं समेत मनाउने अवस्था लगायत दैनिक जिबनयापन गर्न समेत काठिनाईं भईरहेको हुनाले अविलम्ब तलव । पारि्श्रमिक भुक्तानीको व्यवस्थापन गरि पाउ भनि अनुरोध छ। अन्यथा हामी सम्पूर्ण कर्मचारीहरुले गमभिर समिक्षा तथा अन्य निर्णय लिन बाध्य हुनेछौं। साथै, सो बाट हुने असुविधाको जिम्मेबार सम्बन्धित निकाय नै हुने छ”ज्ञापन पत्रमा भनिएको छ” ।

कर्मचारीहरूले तलब नपाउँदा घरपरिवारको खर्च व्यवस्थापन गर्न कठिन भएको, बालबालिकाको शिक्षादेखि दैनिक उपभोग्य वस्तु खरिदसम्म समस्या भएको गुनासो गरेका छन्। यस्तो अवस्थाले कर्मचारीहरूको मनोबलमा समेत नकारात्मक असर परेको र कार्यसम्पादनमा प्रभाव पर्ने खतरा बढेको उनीहरूको भनाइ छ।
ज्ञापनपत्रमार्फत कर्मचारीहरूले सम्बन्धित निकायसँग तत्काल समस्या समाधान गरी रोक्का रहेका खाताहरू फुकुवा गर्न र बाँकी रहेको तलब पारिश्रमिक यथाशीघ्र भुक्तानी गर्न आग्रह गरेका छन्। साथै, यदि माग सम्बोधन नभएमा आफूहरू गम्भीर समीक्षा गर्न तथा अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी समेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *