सिरहाको मिर्चैयाबाट ५० ग्राम ब्राउन सुगर सहित १ जना भारतिय नागरीक पक्राउ।

१ फागुन लहान। जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.६ कटारी चौक स्थितमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बिक्री बितरण भईरहेको छ भनि गोप्य सुचनाको अधारमा मिति २०८२ माघ २९ गते अं  ३.३० बजेको समयमा


इलाका प्रहरी कार्यालय मिचैंया सिरहाबाट प्रहरी टोली खटी गई कानून बमोजिम खानतलासी गर्दा देश भारत बिहार राज्य सुपौल जिल्ला समनपुर ग्राम बिरपुर थाना बस्ने मोहमद अनरुलको छोरा अ.बर्ष २१ को मोहमद नजरुल मियाँको साथबाट प्लाष्टिकको बट्टामा राखिएको ब्राउन सुगरर जस्तो ‘देखिने पदा्र्थ गिलो अवस्थामा रहेको प्लाष्टिक सहित १.८१ ग्राम प्लाष्टिक बाहेक १.५८ ग्राम, साथै सुख्खा अवस्थामा रहेको प्लाष्टिक सहित ५०.६२ ग्राम प्लाष्टिक बाहेक ४७.०० ग्राम

निम्न मात्रामा फेला ‘ परेकोले रीतपुर्वक बरामद गरी निज व्यक्तिलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा ल्याई सम्मानित सिरहा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *