सिरहाको लाहन र गोलबजारबाट १० ग्राम बढी खैरोहिरोइन सहित दुइजना पक्राउ

१० गते चैत लहान । जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ४ निपनिया टोल स्थितबाट १० ग्राम २५० मिलिग्राम खैरोगिरोइन सहित चौधरी र महतोलाई प्रहरीले पक्राउ गरेको छ।


मिति २०८२ चैत ०९ गते
पुर्व-पश्चिम लोकमार्ग सडक छेउमा लागुऔषध बिक्री वितरण भईरहेको छ भने गोप्य सूचनाको आधरमा इलाका प्रहरी कार्यालय ‘गोलबजार सिरहा र लागुऔषध नियन्त्रण न्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले निपाने स्थितमा रहेको मन्दिर छेउबाट जिल्ला सिरहा गोलबजार न.पा.वडा नं.०५ बस्ने वर्ष २५ को अनिल चौधरीलाई नियन्त्रणमा लिई निजको रितपुर्वक शरिर तलासी गर्दा निजले लगाएको कालो रंगको ज्याकेटको अगाडीको बाँयापट्टीको माथिल्लो गोजी भित्रबाट खैरो हिरोईन जस्तो देखिन पदार्थ गुलाबी रंगको २० वटा पोका प्लाष्टिक बाहेक तौल गर्दा १ ग्राम (एक ग्राम) फेला परेकोले निजलाई निन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई सोधपुछ गर्दा ऐ.ऐ.बस्ने अन्दाजी वर्ष २३ को बलिराम महतोले मलाई बेच्नको लागि दिएको र निज बलिराम महतो हाल जिल्ला सिरहा लहान नगरपालिका वडा नं.०१ भाईरलबाबा टोल स्थित आफ्नो ससुराली घर बसी लागुऔषध खैरो हिरोईन बेच्नको लागि पोकाहरू बनाईरहेको भनि खूल्न आएको हुँदा आवश्यक समन्वय गरी निज अनिल चौधरीलाई साथमा लिई निज बलिराम महतो बस्ने घरको कोठामा ऐ, ३:२० बजेको समयमा रीतपर्वक प्रवेश गरी घर खानतलासी गर्दा घर भित्र रहेको दराज माथि लुकाई छिपाई राखेको कालो प्लाष्टिकको पोका भित्र खैरो हिरोईन जस्तो देखिने लागुऔषध गुलाबी रंगको १६३ वटा पोका प्लाष्टिक बाहेक तौल गर्दा १०.२५० ग्राम र निजले लगाएको पाईन्टको गोजीबाट नेपाली नगद र. २०.३१०/-. OPP0 कम्पनीको मोबाइल थान., चरोट ५ थान, लाईटर २ थान र ब्लेडका टुक्रा २ थान समेत फेला परेकोले दुबै जना सहित जम्मा ११ ग्राम २५० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ बरामद गरी निज बलिराम महतो र अनिल चौधरी लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलाय गोलबजार सिरहामा ल्याइ थप अनुसन्धान कार्य भइरहेको जिप्रका सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *