१६ लाख बराबरको अबैध सामान सशस्त्र प्रहरीको सुचनामा बरामद

कपिलवस्तु ,असोज २०

सशस्त्र प्रहरी बल नेपालको सुचनाको आधारमा सशस्त्र प्रहरी गुल्म कृष्णनगरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको नेतृत्वमा खटिएको टोलीले राजस्व अनुसंधान कार्यालय वुटवलको टोलीको सहयोगमा शिवराज नगरपालिका वडा नं ५ कटनिया स्थित स्थानियको घरमा  स्टोर गरि राखेको २३ बोरा (कट्टा ) अन्दाजी १६ लाख बराबरको अबैध कपडा बरामद गरि राजस्व अनुसन्धान कार्यालय बुटवल लगिएको छ ।

उक्त स्थानमा राजस्व अनुसन्धान कार्यालय बुटवलबाट प्रमुख अनुसंधान अधिकृत र उपवचित  सुवास श्रेष्ठ सहितको  सशस्त्र प्रहरी बल राजश्व सुरक्षा वेस वुटवलबाट समेत टोली खटि आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *