सिरहाको लाहानबाट भारी मात्रामा ४० ग्राम खैरोहिरोइन सहित एकजना पक्राउ ।

१२ चैत्र लहान। जिल्ला सिरहा लहान नगरपालिका वडा नं.०३ बलान पुल स्थितमा मिति २०८२ चैत ११ गते लागुऔषध सहित एक् जना व्यक्ति मोटरसाईकलमा गईरहेको छ भनि सुचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय लहान सिरहा र लागुऔषध नियन्त्रण् ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट संयुक्त प्रहरी टोलि खटी गई लहानबाट सप्तरी तर्फ जादै गरेको प्र.१-०५-००२ प.२०८७ नं. मोटरसाइकललाई रोकि चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.०६ जलजले बस्ने अ. वर्ष ४२ को गणेश कुमार चौधरीले मोटरसाईकलको अगाडि पाट्टिको भाईजरको बिच भागमा लुकाई राखेको कालो रडको प्लाष्टिकमा प्लाप्टिक सहित तौल गर्दा ४६ ग्राम ३४ मिलिग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेकोले रितपुर्वक बरामद गरी खैरो हिरोईन जस्तो देखिने पदार्थ र मोटरसाईकल सहित निज गणेश कुमार चौधरीलाई नियन्त्रणमा लिईं इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुन्धान कार्य भईरहेको जिप्रका सिरहाका प्रवक्ता तथा प्रनाउ रमेश बहादुर पालले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *