सुन चाँदी पसलमा डाँका गर्ने योजना बनाउने १ भारतिय सहित ३ जाना व्यक्तिहरु प्रहरीको नियन्त्रणमा।

तराई फिलिक्स सम्बादाता
माघ २३ गते बुधबार

   लहान । जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. ७ बस्ने अं. वर्ष ४५ को विकास कुमार शारदा जाहेरीले प्रतिवादीहरु जिल्ला सिरहा सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने अं. वर्ष ४५ को ईन्दल भन्ने इन्द्र नारायण चौधरी, ऐ. लहान नगरपालिका वडा नं. २२ बस्ने अं. वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र देश भारत पश्चिम बंगाल जिल्ला हुगली ग्राम पञ्चायत भगबतीपुर वडा नं. ७ बस्ने निरोज भन्ने मेहराज मोन्डल समेतले जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ७ लहान बजार स्थितमा विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी)मा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा मिति २०८१ माघ २२ गते जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा विशेष प्रहरी टोली खटी गई निज प्रतिवादीहरुलाई जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ७ स्थितबाट पक्राउ गरी नियन्त्रणमा लिएको र लहान नगरपालिका वडा नं. ४ बस्ने अं. वर्ष ४१ को दिनेश विश्वकर्मालाई मिति २०८१ माघ २३ गते नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई  मिति २०८१ माघ २३ गते सम्मानित सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिप्रका सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ