उधोग वाणिज्य संघको अध्यक्षमा प्रदिप गुप्ताको उम्मेदवारी ।

लाहान, मंसिर २३ । आगामी पुष ५ गते हुने जिल्ला उद्योग वाणिज्य संघ, लहानको अधिवेशनलाई लक्षित गर्दै प्रदीप गुप्ताले संघको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। विभिन्न सामाजिक तथा व्यावसायिक संघ–संस्थामा लामो समयदेखि उत्कृष्ट नेतृत्व प्रदान गर्दै आएका गुप्ता अब उद्योग–व्यवसाय क्षेत्रलाई इमान्दारिता, पारदर्शिता, उत्तरदायित्व र दीर्घकालीन सुधारको मार्गदर्शनमा अघि बढाउने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रनुभएको हो।


उहाँले लहान क्षेत्रको उद्योग–व्यवसायलाई आधुनिक, सक्षम, समावेशी र प्रतिस्पर्धी संरचनामा रुपान्तरण गर्ने लक्ष्य अघि सार्नुभएको छ। अध्यक्ष पदका उम्मेदवार गुप्ताले सम्पूर्ण उद्योगी–व्यवसायी महानुभावहरूलाई मत, साथ–समर्थन र शुभ–आशीर्वाद प्रदान गर्न आग्रह गर्दै संघलाई सुधार, पारदर्शिता तथा नीतिगत स्थिरताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

उनले स्थानीय उद्योग व्यवसायको संरक्षण, युवा उद्यमशीलतालाई प्रोत्साहन, र लहानलाई व्यापारिक केन्द्रका रूपमा विकसित गर्ने बताए। “व्यवसायीको हकहित र आर्थिक क्रियाकलाप सुदृढीकरणका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्नेछु,” गुप्ताले भने।

साथै, उहाँले आफ्नो अभियानको मुख्य नारा “परिवर्तनको बाटो — पारदर्शी नेतृत्वको साथ, लहान उद्योग–व्यवसायको भविष्य — प्रदीप गुप्ताको हात” सार्वजनिक गर्दै सबैलाई सहयोग र सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *