लहान यातायात कार्यालयमा नयाँ व्यवस्था लागू: सेवा प्रवाह पारदर्शी र व्यवस्थित बनाउने पहल

लहान, १९ चैत्र लहानस्थित यातायात व्यवस्था कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन नयाँ व्यवस्था लागू गरेको छ। कार्यालय परिसरमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरिएको छ भने बिचौलियाको गतिविधि नियन्त्रण गर्दै सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस कदमले सेवामा देखिने ढिलासुस्ती तथा अनियमितता न्यून गर्ने अपेक्षा गरिएको छ।

यससँगै सेवाग्राहीको सहजीकरणका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। पालो प्रणालीमार्फत सेवा लिन आग्रह गर्दै कार्यालयले सबैलाई निर्धारित प्रक्रियाअनुसार काम गराउन अनुरोध गरेको छ।


कार्यालयले सेवासम्बन्धी सम्पूर्ण कार्यहरू कानुनअनुसार मात्र सञ्चालन हुने स्पष्ट पार्दै कुनै पनि प्रकारको अनियमितता नगर्न र नगराउन सबै सरोकारवालासँग सहकार्यको अपेक्षा गरेको छ। यस नयाँ व्यवस्थाले सेवाग्राहीलाई सरल, छरितो र विश्वासिलो सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *