लागुऔषध सहित १ जना नेपाली र ३ जना भारतियसमेत ४ जना मानिसहरू पक्राउ।

१५ भाद्र लहान । जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं. १ भगवानपुर चौक देखी १०० मिटर पश्चिम  स्थितमा मिति २०८२ भाद्र १४ गते अं. ८;१० बजेको समयमा गोप्य सुचनाको आधारमा अ.प्र.पोष्ट भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलीले निम्न मानिसहरु माथी शंका लागी  चेकजाँच गर्दा प्लाष्टिक सहित ४१.९७ ग्राम र प्लाष्टिक बाहेक ४० ग्राम लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ फेला परेकोले लागुऔषध र निजहरुले प्रयोग गरेको BR 32  AX 1483 (125 CC पल्सर) मोटरसाईकल सहित निजहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लहान सिरहामा ‍ल्याई मिति २०८२ भाद्र १५ गते सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ( ५  )को म्याद लिई अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ ।

पक्राउ पर्ने मानिसहरु
देश भारत, बिहार राज्य, मधुबनी जिल्ला, थाना लौकही, ग्राम पञ्चायत झौहरी ग्राम घोवयाही वडा न. १ बस्ने बर्ष २४ को मो. मिस्टर ।

देश भारत, बिहार राज्य, मधुबनी जिल्ला, थाना खुटौना, ग्राम पञ्चायत प्रसाही पुर्वी ग्राम मुरारपट्टि बस्ने बर्ष ३८ को अख्तर हुसेन ।

देश भारत, बिहार राज्य, मधुबनी जिल्ला थाना लौकही, ग्राम पञ्चायत झौहरी ग्राम घोवयाही वडा नं. १ बस्ने बर्ष २३ को मोहमद मुस्तफा ।

जिल्ला सप्तरी खड्क नगरपालिका  वडा नं. ६ बस्ने बर्ष ४२ को आविद हुसेन हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *