विभिन्न पार्टी परित्याग गरि बोदेबर्साइन वडा नं.- ३ का राम नाथ साह सहित १८ जना नेपाली काङ्ग्रेसमा प्रवेश ।

प्रमोद थारु सप्तरी माघ ११ ।
  विभिन्न पार्टी परित्याग गरि बोदेबर्साइन वडा 3 का राम नाथा साह सहित १८ जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन् ।



फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै सप्तरी–४ मा चुनावी गतिविधि तीव्र बनेको छ। यसैक्रममा बोदेबरसाईन नगरपालिका वडा नम्बर–३ मा रामनाथ साहसहित १८ जना विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।


नवप्रवेशीहरूलाई उक्त  कार्यक्रममा कांग्रेसका नेताहरूले स्वागत गरेका छ्न । उक्त  कार्यक्रममा क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य  उम्मेदवार, पूर्व युवा तथा खेलकुद विकास मन्त्री तथा निवर्तमान सांसद तेजुलाल चौधरीको उपस्थिति रहेको थियो

उक्त कार्यक्रममा नेपाली कांग्रेस बोदेबरसाईन नगर सभापति इन्जिनियर दीपेन्द्र कुमार यादव, वडा नम्बर-३ का वडा अध्यक्ष शिव नारायण यादव लगायतका स्थानीय नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
नवप्रवेशीहरूले देशमा स्थिरता र विकासका लागि कांग्रेस रोजेको बताएका छन्। चुनाव नजिकिँदै जाँदा यस क्षेत्रको राजनीतिक माहोल थप तातेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *