सिरहाको लहानबाट १ हजार १५ किलो लागुऔषध गाजा र ट्रक सहित दुइजना पक्राउ ।

७ गते मंसिर लहान। जिल्ला सिरहा लहान नगरपालिका वडा नं.१ पुर्व पश्चिम लोकमार्ग सडकखण्डको ” ट्राफिक चौक स्थितमा मिति २०८२ मंसिर ६ गते अं.९:३ ० बजेको समयमा इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिगएको प्रहरी टोलीले पश्चिम(मिचैया) बाट पुर्व(रुपनी) तर्फ जाँदै गरेको ना.५.ख़. ३२०९ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा गाडीको चालक बस्ने क्याबिन पछाडी फल्स बटम बनाई सो फल्स बटम भित्र सेतो रंगको प्लाष्टिकको बोराहरुमा लुकाई छिपाइ राखेको गाँजा जस्तो देखिने पदार्थ ३१ वटा बोरामा बोरा सहित तौल गर्दा १ हजार १५.३०० किलो ग्राम फेला परेकोले निम्न स्थान बस्ने ट्रक चालक जिल्ला सन्खुवासभा धर्मदेवी नगरपालिका वडा नं.०९ छिपिधारा टोल बस्ने अं. वर्ष २४ को टंक विश्वकर्मा र सोही ट्रकको सहचालक जिल्ला धनकुटा छथर जोरपारी गाउँपालिका वडा नं.०२ बस्ने अं. वर्ष २२ को खेम राना मगरलाई उक्त ट्रक र गाँजा जस्तो देखिने पदार्थ सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई मिति २०८२ मंसिर ०७ गते सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ५ को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको  जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *