३४ औं अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा ब्लायन्केट बितरण कार्यक्रम सम्पन्न ।

४ गते मंसिर प्रमोद थारु सप्तरी। सुरुङा नगरपालिकाको सहयोग र अपाङ्ग संघ सप्तरीको आयोजनामा आज सप्तरीकोको सुरुङा नपा वडा ५को सभाहलमा सुरुङा नगरपालिकाको ११ वटै वडाका अति बिप्पन असाहाय ५१ जना अपाङ्गहरुलाइ ब्लायन्केट बितरण गरिएको छ।


अपाङ्ग संघ सप्तरीको अध्यक्ष बिरेन्द्र प्रसाद  चौधरीको अध्यक्षतामा भएको उक्त  कार्यक्रममा प्रमुख अतिथी सुरुङा नगरपालिकाका प्रमुख गिता चौधरी रहेका छ्न।सुरुङा न.पा. को प्रमुख प्रसास्किय अधिकृत बिकास सुन्दासको बिशिस्ट आतिथ्य रहेका कर्यक्रममा वडा ५ का वडाअध्यक्ष दिलाराम चौधरी, मसिलाल जन्ता मा. बि.का बि. ब अध्यक्ष जागेश्वर चौधरी, प्र अ सुर्य नारायण चौधरी वडा ११ का सचिब सुनिता चौधरी नागरिक अपाङ कल्याणका अध्यक्ष सत्य  नारायण राम लगात ११ वटै वडाका बुधिजिबी सहितको उपस्थितमा ब्लायन्केट बितरण कार्यक्रम सप्पन्न भएको छ।

कार्यक्रममा सहभागी अपांगता भएका व्यक्तिहरूले सहयोगप्रति खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले आफूहरूलाई समाजले माया र सम्मान दिएको अनुभूति गराउने बताए। अन्त्यमा आयोजकले आगामी दिनमा पनि अपांगता भएका व्यक्तिहरूको हक, अधिकार र सशक्तीकरणका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *