नेपाल बार एशोसिएसन भवनमा संचालित कामधेनु ‘ल’ फर्मको कार्यालयमा विस्फोट हुँदा एक युवक घाइते ।

२७ फाल्गुन लहान। सिरहा जिल्ला अदालत अगाडि रहेको नेपाल बार एशोसिएसन भवनमा संचालित ल फर्मको कार्यालयमा शंकास्पद वस्तु विस्फोट हुँदा एक युवक घाइते भएका छन्।


अधिवक्ता धनिक लाल यादवले सञ्चालन गर्दै आएको कामधेनु ल फर्म भित्र भएको उक्त विस्फोटमा परी उनका छोरा करिब २८ वर्षीय सौरभ यादव घाइते भएका हुन्। विस्फोटका कारण सौरभको शरीरका विभिन्न भागमा चोटपटक लागेको बताइएको छ। घाइते सौरभको हाल प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार दिउँसो भएको बम विस्फोटमा एक जना घाइते भएका छन् ।

सुतरी बम भएको प्रारम्भिक अनुमान गरिए पनि अहिले सुरक्षा निकायको टोली घटनास्थलमै रहेको र थप अनुसन्धान कार्य भइरहेको एसपी पाठकले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *