मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न ८ जना व्यक्तिहरु पक्राउ।

९ गते चैत लहान। घटना-१ मिति २०८२ चैत ०६ गते अं.१९:१५ बजेको समयमा जिल्ला सिरहा लहान न.पा.वडा नं.८ स्थित ऐ.ऐ.वडा नं.११ बस्ने दिलिप साह र निजको श्रीमती सुनिता साहले आप्नै घरमा जाहेरवाली सांकेतिक नाम ०८२ लहान (य), सांकेतिक नाम ०८२ लहान (र) र सांकेतिक नाम ०८२ लहान(ल) लाई फोन सम्पर्क गरी बोलाई पुरुष मानिसहरुसँग विपक्षी सुनिता साह र दिलिप साहले आर्थिक प्रलोभन तथा जाहेरवालीहरुको इच्छा विपरित अनुचित प्रभावमा पारी वेश्यावृति कार्य गराएको हुँदा विपक्षीहरु सूनिता साह र दिलिप साह समेतलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट दिन ५ (पाँच) को म्याद थप भई अन्सन्धान काय भईरहेको ।

घटना नं.:-२
मिति २०८२ चैत ०५ गते अ. १७:४५ बजेको समयमा जिल्ला सिरहा लहान न.पा. वडा नं.३ अस्पताल चौक स्थित रहेको अनलार्ई होटल एण्ड लजमा उक्त होटल एण्ड लजकी संचालीका जिल्ला सिराहा लहान न.पा वडा नं१ बस्ने बर्ष ४० की अर्चना कमारी चौधरीले जाहेरवाली सांकेतिक नाम ०८२ लहान(फ).सांकेतिक नाम ०८२ लहान(ब),सांकेतिक नाम ०८२ लहान(भ) र सांकेतिक नाम ०८२ लहान(म) समेलाई ऐ.मितिको अं.१४:०४ बजे फोन सम्पर्क गरी होटेलमा बोलाई प्रतिवादीहरु जिल्ला सप्तरी सुरुङगा न.पा. वडा नं. ९ टिकुलिया बस्ने बर्ष २१ को अशोक कुमार चौधरी, ऐ.ऐ. बस्ने बर्ष २० को नितिक कुमार चौधरी, ऐ.ऐ. बस्ने बर्ष १९ को आकाश चौधरी समेतसँग विपक्षी अर्चना कुमारी चौधरीले आर्थिक प्रलोभनमा जाहेरवालीहरुको ईच्छा विपरीत वेश्यावृति कार्य गराएको हुदा विपक्षीहरु अर्चना कुमारी चौधरी,अशोक कुमार चौधरी, आकाश चौधरी र नितिक कुमार चौधरी समेतलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट दिन् ७ (सात) को म्यादथप भई अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ।

घटना -३
मिति २०८२ फल्गुन ३० गते अ. १६:४५ बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. वडा नं.११ स्थित रहेको खुश्बु होटल एण्ड लजमा उक्त होटल एण्ड लजको संचालक जिल्ला सिरहा धनगढीमाई न.पा.वड नं.१० बस्ने बर्ष ३४ को गुञ्जेश्वर साहले जाहेरवाली सांकेतिक नाम ०८२ लहान (प), सांकेतिक नाम ०८२ लहान(न) समेलाई ऐ.मितिको अं.१६:३० बजे फोन सम्पर्क गरी होटलमा बोलाई प्रतिवादी जिल्ला सप्तरी बलान बिहुल गा.पा.वडा नं. ०६ बस्ने बर्ष ३८ को शिव कुमार यादव समेतसँग विपक्षी गुञ्जेश्वर साहले आर्थिक प्रलोभनमा जाहेरवालीहरुको ईच्छा विपरीत वेश्यावृति कार्य गराएको हुदा विपक्षीहरु गुञ्जेश्वर साह, शिव कुमार यादव समेतलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट दिन ७ (सात) को म्यादथप भई थप अनुसन्धान कार्य भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *