लेनदेन मुद्दा र बैकिङ्ग मुद्दाका दुइजना फरार प्रतिवादी पक्राउ ।

८ चैत लहान। मिति २०८२ चैत ०६ गते जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय बिष्णपुर सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले सम्मानित सिरहा जिल्ला अदालतको फैसला बमोजिम मिति २०७९/१०/२७ गते आदेश अनुसार लेनदेन बिगो चालु मुद्दाको २ बर्ष कैद तोकिएको जिल्ला सिरहा कल्याणपुर नगरपालिका वडा नं १० बस्ने अं. बर्ष ४५ को रामजनम यादवलाई ऐ, बिष्णुपुर गाउँपालिका वडा नं.१ स्वास्थ्य चौकी स्थितमा होटलमा खाजा खाने क्रममा निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

त्यसतै मिति २०८२/१२/०६ गते इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलिले सम्मानित सिरहा जिल्ला अदालतको फैसला बमोजिम मिति २०८२/०९।२३ गतेको आदेश अनुसार बैकिङ कसुर मुद्दामा अनुसन्धानको क्रममा फरार रहेको प्रतिवादी जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. ९ गोठ चोक बस्ने अं. वर्ष ४० को प्रमोद साहलाई खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपि बसिरहेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *