विल्डअन’ नेपालले सिरहामा २० वटा आधारभूत विद्यालयमा भवन निर्माण गर्ने,सुरुवात लहानबाट।

लहान ७ चैत्र । विल्डअन’ नेपालले मधेस प्रदेश भरीमा ४० वटा आधारभूत विद्यालयका भवन निर्माण गर्ने भएको छ । सन् २०२६ भित्र उक्त लक्ष्य पूरा गर्ने योजनासहित संस्थाले काम अघि बढाएको हो । आज सिरहाको लहानमा आयोजित कार्यक्रममा विल्डअन नेपाल, लहान नगरपालिका र स्थानीय समुदायबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ ।


सम्झौता भए अनुसार आधारभूत विद्यालय सिंगराही मटियर्वा लहान १, मधेस सहिद विजय सहनी आधारभूत विद्यालय चम्पापुर लहान ४ र स्थित भानु आधारभूत विद्यालय लहान २ मा तीन कोठे भवन तथा दुई कोठे शौचालय निर्माणको संयुक्त रूपमा विल्डअनको केन्द्रीय कार्यालय धनगढीकी निर्देशक निर्मला चौधरी र लहान नगरप्रमुख महेशप्रसाद चौधरीले शिलान्यास गरिएको हो ।


निर्देशक चौधरीका अनुसार ग्रामीण क्षेत्रमा शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सिरहामा २० वटा तथा मधेस प्रदेश भरीमा ४० वटा विद्यालय भवन निर्माण गर्ने योजना रहेको बताइन ।

एक विद्यालय भवन निर्माणका लागि लाग्ने अनुमानित लागत रु ४९ लाख ९८ हजारमध्ये संस्थाले रु ३३ लाख ९७ हजार व्यहोर्ने छ भने नगरपालिकाले रु १५ लाख योगदान गर्नेछ ।

निर्माण कार्य तीन महिना १६ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।
निर्देशक चौधरीका अनुसार निर्माण कार्यमा छड, सिमेन्ट, फलाम, फर्निचरलगायत सामग्री संस्थाले उपलब्ध गराउनेछ भने स्थानीय तहले बालुवा, गिट्टी र ढुङ्गा उपलब्ध गराउनेछन् । साथै, स्थानीय समुदायको अपनत्व र दीगोपनाका लागि श्रमदान अनिवार्य गरिएको छ

यता नगरप्रमुख चौधरीले शैक्षिक क्षेत्रमा संस्थाले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गर्दै नगरबाट आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाए । वहाँका अनुसनर “सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारविना गुणस्तरीय शिक्षा सम्भव हुँदैन । यस प्रकारको साझेदारीले शिक्षाको स्तर उकास्न ठूलो सहयोग पुग्नेछ । नगरपालिकाको तर्फबाट आवश्यक स्रोतसाधन र सहकार्यमा कुनै कमी हुन दिइने छैन ।” सन् १९९४ देखि विद्यालय संरचना निर्माण र साक्षरता अभियानमा सक्रिय रहेको विल्डअनले समाजकल्याण परिषद्बाट स्वीकृति लिएर मात्र निर्माण प्रक्रिया अघि

बढाउने गरिएको जनाएको छ । हालसम्म संस्थाले नेपालका सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगाएतमा चार सय ५७ विद्यालयमा भवन निर्माण गरिसकेको छ भने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी १५ वटा विद्यालय भवन निर्माणाधीन अवस्थामा रहेको बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *