राधाकृष्ण मन्दिर देखि पुरानो विद्युत कार्यालयसम्म सडक स्तरोन्नति हुँदै।

लहान ५ चैत्र । सिरहाको लहान नगरपालिका ६ र ७ मा पर्ने राधाकृष्ण मन्दिरदेखि पुरानो विद्युत कार्यालयसम्मको नहर बाटो कालोपत्रे गर्ने कार्य आजबाट औपचारिक रूपमा सुरु गरिएको छ।

नगर प्रमुख महेश चौधरी र ६ नं. का वडाध्यक्ष रमेश गौतमले शिलान्यास गरेसँगै बहुप्रतीक्षित सडक स्तरोन्नति योजनाले गति लिएको हो। करिब ५०० मिटर लम्बाइ र ६ मिटर चौडाइ रहेको उक्त सडकको निर्माणका लागि कुल ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रारम्भिक चरणमा ४७ लाख रुपैयाँको लागतमा काम अघि बढाइएको छ भने बाँकी खण्डको निर्माण कार्य पनि छिट्टै सुरु गरिने नगरपालिकाले जनाएको छ।

उक्त शिलान्यास कार्यक्रममा नगरप्रमुख चौधरी  वडा नं. ६ का अध्यक्ष रमेश गौतम र वडा नं. १३ का अध्यक्ष मनोज कोइराला सहित स्थानीय जनप्रतिनिधि र बासिन्दाहरू को उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मेयर चौधरीले नगरभित्रका पुराना तथा जीर्ण सडकहरूलाई क्रमशः स्तरोन्नति गर्दै आधुनिक र सुविधासम्पन्न बनाउने योजना अनुसार काम भइरहेको बताए। उनले उक्त सडक कालोपत्रे भएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता हुनुका साथै क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

नगरपालिकाको निरन्तर पहल र स्थानीय जनप्रतिनिधिहरूको सक्रियतामा अघि बढिरहेको यो योजना सम्पन्न भएपछि उक्त क्षेत्रको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *