सिरहाको लहानबाट लागुऔषध सहित १ जना व्यक्ति प्रहरीको नियन्त्रणमा

तराई फिलिक्स सम्बादाता
८ चैत्र विहिबार

     लहान। जिल्ला सिरहा लहान नगरपालिका वडा नं. १ लोकतन्त्र चौक स्थित
मिति २०८१ चैत्र ०८ गते अ. ०८:४५ बजको समयमा
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा लहान बजारबाट धनगढीतर्फ गईरहेको पैदल यात्री जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ०६ कुम्हाल टोल बस्ने अ बर्ष ५२ को जुक्ती लाल पासमानलाई शंकालागि
चेकजाँच गर्दा निजले बोकेको OPPO लेखिएको कालो रंगको झोला चेकाजाँच गर्दां उक्त झोलाको भित्र कालो प्लाष्टिकको पोका भित्र निम्न अनुसारको लागुऔषध डाइजेपक्म इन्जेक्सन लेखिंएको १सय ९९ एम्पुल,
,प्रोमेथजिन हाइड्रोक्लोराइड इन्जेक्सन समेत लेखिएको १  सय ९९ एम्पुल बुपरेनोरफिन इन्जेक्सन IPPL समेत लेखीएको ९९ एम्पुल गरी जम्मा ५९४ एम्पुल र साथै निजको दाहिने खल्ती  भित्र बाट  9818…..
नं. को सिमकार्ड प्रयोग भएको हुवाइ कम्पनीको मोबाईल १

फेला पारेकोले रीतपुर्वक बरामद गरी निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिहाबाट थप अनुसन्धान कार्य भईंहेको जिप्रका सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *